site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै एक साता तराईमा बाक्लो हुस्सु/कुहिरो लाग्ने 
फाइल तस्बिर ।

काठमाडौं । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहेको मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीलाई जानकारी दिइन् । 

उनका अनुसार बिहान पौने ६ बजे धनगढीमा २०० मिटर भिजिविलिटी रहेको छ । नेपालगञ्ज र पोखरामा समान ५०० मिटर भिजिविलिटी छ । 

सिमरामा ८०० मिटर भिजिविलिटी रहँदा विराटनगर र चन्द्रगढीमा समान एक हजार मिटर भिजिविलिटी रहेको छ । 

घाम लाग्दै गएपछि केही कम हुँदै जाने र अपराह्नसम्म हट्ने मौसमविद् मानन्धरको भनाइ छ । 

आज पनि तराईका अधिकांश स्थानका विमानस्थलको सेवा बिहान प्रभावित हुनेछ । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा विमानले उडान र अवतरण गर्न सक्दैनन् । 

“जनवरी महिनाभर तराईमा हुस्सु र कुहिरो लाग्छ । चिसोको समयमा हरेक वर्ष तराईमा हुस्सु र कुहिरो लाग्नु सामान्य हो,” मौसमविद् मानन्धर प्रष्ट पार्छिन्, “फेब्रुअरी सुरु भएपछि हुस्सु र कुहिरो लाग्नेक्रम कम हुँदै जान्छ ।”  

एक किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई कुहिरो भनिन्छ । एक किलोमिटरभन्दा बढी र पाँच किलोमिटरभन्दा कम भिजिविलिटी भयो भने त्यसलाई हुस्सु भनिन्छ ।  

न्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम चल्नु हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण भएको मौसमविद्को भनाइ छ ।

हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुन्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro