site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धेरै स्थानमा मौसम सफा रहने
फाइल तस्बिर । 

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम मुख्यतया सफा रहनेछ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेकाे छ । 

बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । 

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

विभागले हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro