विदेश
टोकियो । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झन्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ ।
कृषि तथा वन मन्त्रालयले यस हप्ता मोरियोका सहरका दुई कुखुरा फार्महरूमा नयाँ प्रकोपको पुष्टि गर्यो । साथै, यस महिना २६ प्रकोप साइटहरू पहिचान गरिएको छ, जसमा करिब ५० लाख चराहरू प्रभावित छन् ।
मन्त्रालयले उक्त प्रकोपले गर्दा अण्डाको मूल्यमा पनि प्रभाव परेको उल्लेख गरेको छ, जुन वर्षको सुरुदेखि नै १५ प्रतिशतले बढेको छ ।
केही उद्योग पर्यवेक्षकहरूले सम्भावित आपूर्ति अभावको बारेमा चिन्ता व्यक्त गरेका छन् । रासस/सिन्ह्वा
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ २०:३१
प्रतिक्रिया दिनुहोस्