site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित

काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेज निलम्बनमा परेका हुन् ।

गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । तर, आइतबारदेखि भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

सोही समितिको सिफारिसका आधारमा असई भुजेललाई प्रदेश प्रहरी कार्यालय वाग्मती‍ले निलम्बन गरेको चितवन प्रहरीका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

असई भुजेलले प्रहरी आचरणविपरीत कुटपिट गरेको खुलेपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

भिडियोमा नजिकै प्रहरीले चेकिङ गरिरहेको र त्यहीँ सामु उभिएका व्यक्तिलाई ती प्रहरीले कुटपिट गरेको देखिन्छ । प्रहरीको लात्ताले ती व्यक्ति ढलेका छन् । ढलेपछि समेत कुटपिट गरेको भिडियोमा देखिन्छ ।

भिडियोमा सुनिएअनुसार, ती व्यक्तिलाई प्रहरीले ‘कसलाई फोन गर्छस्, गर ! पावर देखाउन खोजेको ?’ भन्दै मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

भिडियो सार्वजनिक भएपछि प्रहरी सुरक्षालाई लिएर सामाजिक सञ्जालमा बहस नै छेडिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro