site stats
बाह्रखरी :: Baahrakhari
देश
युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुर, भक्तपुर नगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र बासुकला, काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ परेकामध्ये रवीन्द्रले क्यानडा पठाइदिन्छु भन्दै एकजनाबाट पाँच लाख ६० हजार रुपैयाँ तथा लक्ष्मण र अरुणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भन्ने पीडितको उजुरीको आधारमा उनीहरू पक्राउ परेका हुन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रवीन्द्रलाई भक्तपुर नगरपालिका–२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरुणलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्