site stats
बाह्रखरी :: Baahrakhari
देश
डलर देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले डलर देखाएर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । 

काठमाडौंको गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाँउमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा अपराध अनुसन्धान  कार्यालयबाट खटिएको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे नपा ३का धनबहादुर तामाङलाई पक्राउ गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल जिल्ला काठमाडौंको गोकर्णेश्वर नपा ५ जोरपाटी बस्दै आएका २८ वर्षीय तामाङलाई प्रहरीले सोमबार काठमाडौंको बूढानीलकण्ठ नपा–११ कपनबाट पक्राउ गरेको हो । 

पक्राउ परेका प्रतिवादी धनबहादुर तामाङले डलर देखाई ठगी गरेको कसुरमा अन्य प्रहरी कार्यालयबाट समेत चारवटा मुद्दामा पक्राउ परेको अभिलेखबाट देखिन आएको प्रहरीले जनाएको छ । 

तामाङमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्