site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सैफ अली खानमाथि आक्रमण : एकजना समातिए
सैफ अली खान ।

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमणको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । छत्तीसगढस्थित दुर्ग जिल्लाको आरपीएफ अर्थात् रेलवे पुलिस फोर्सले एक रेलबाट उनलाई हिरासतमा लिएको हो ।

मुम्बईबाट हावडा जाँदै गरेको ज्ञानेश्वरी एक्सप्रेसबाट आकाश कन्नौजिया नामका युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

qoefmdg-1737213261.jpg

सैफ अली खानमाथि आक्रमण गर्ने संदिग्ध व्यक्तिको तस्बिर । 


आरपीएफका एक अधिकारीले भने, “हामीले सेल फोन लोकेसनका आधारमा यी युवकलाई समातेका छौँ । उनीसँग सोधपुछ भइरहेको छ । मुम्बई पुलिसलाई पनि यसबारेमा सूचना दिइएको छ । त्यहाँबाट एउटा टोली पनि आउँदै छ ।”

यही जनवरी १५ को राति सैफमाथि आक्रमण भएको थियो । मुम्बईको बान्द्रास्थित उनको घरमा प्रवेश गरी अज्ञात व्यक्तिले सैफमाथि चक्कु प्रहार गरेको थियो । त्यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

चिकित्सकले सैफको मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कु निकालिएको बताएका छन् । शुक्रबार दिउँसो चिकित्सकले सैफ हिँडिरहेको तर उनलाई पूर्ण आराम गर्न सल्लाह दिइएको सञ्चारमाध्यमलाई बताएका थिए ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro