site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ कला प्रदर्शनी सुरु

काठमाडौं । ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ । लिच्छवि हाउसको आयोजनामा बबरमहलमा रहेको नेपाल कला परिषद्‌मा शुक्रबारबाट सुरू भएको प्रदर्शनीको सुरुआत भएको हो । 

प्रदर्शनीको सुरुआत गर्दै वौद्धधर्म गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्वुले प्रदर्शनीमा नौजना नेपाली महिला कलाकारहरूले आफ्नो कलामार्फत पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदर्शनीमा नेपालका विविध भौगोलिक र सांस्कृतिक पृष्ठभूमिबाट प्रतिनिधित्व गर्ने कलाकारहरू सुष्मा शाक्य, बिधाता केसी, वर्षा मुखिया, रश्मी कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मीना कायस्थ, सुशीला सिंह र तेन्जिन साङ्मोले पाँच तत्वहरूको आपसी निर्भरता र तिनको एकताले मानव जीवन र पर्यावरणमा पार्ने प्रभावलाई कलामा समेटेका छन् । 

असार २८ गतेसम्म दैनिक बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्