site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सैफका आक्रमणकारीको पहिचान भएको हो ? पक्राउ गर्न २० प्रहरी टोली गठन

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको एक दिन बितिसक्दा पनि मुम्बई प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न सकेको छैन ।

सैफ अली खानलाई बिहीबार बिहान बान्द्रास्थित उनको निवासमा एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेपछि अस्पताल भर्ना गरिएको छ । मुम्बईको बान्द्रा पुलिस स्टेसनमा आक्रमणकारीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

आक्रमणबाट ६ ठाउँमा चोट लागेको छ । उनको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेको छ ।

डाक्टरहरूले सैफ अली खानको मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कु निकालिएको बताएका छन् । शुक्रबार दिउँसो डाक्टरहरूले सैफ अहिले हिँडिरहेको तर उनलाई पूर्ण आराम गर्न सल्लाह दिइएको सञ्चारमाध्यमलाई बताएका बीबीसीले जनाएको छ । 

जोइन्ट कमिस्नर सत्यनारायण चौधरीका अनुसार मुम्बई प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न २० वटा टोली गठन गरेको छ ।

सैफमाथि बुधबार मध्यराति करिब साढे २ बजे आक्रमण भएको थियो । त्यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै शल्यक्रियापछि सैफ खतरामुक्त रहेको बताएको छ ।

“यो घटना राति १ : ३० देखि २ : ३० को बीचमा भएको थियो । एक आरोपीको पहिचान भइसकेको छ । कुनै पनि हतियार जफत गरिएको छैन,” डेपुटी कमिस्नर अफ पुलिस दीक्षित गेडामले बीबीसी मराठीसँग भने, “करिब २५ देखि ३० वटा सीसीटीभी फुटेजको परीक्षण भइरहेको छ । सैफका घरेलु सहयोगीले बयान दिएका छन् । उनको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको छ ।” 

उनले अभियुक्त आगोबाट उम्किने भर्‍याङबाट घर पुगेको जानकारी दिए ।  घरको ढोका कसरी खुल्यो र आक्रमणकारी कसरी भित्र पस्यो भन्नेबारे अनुसन्धान जारी छ । प्रारम्भिक अनुमानअनुसार अभियुक्तहरू चोरी गर्ने उद्देश्यले घरभित्र पसेका थिए ।

प्रहरीले भवनको सीसीटीभी फुटेजको परीक्षण गरिरहेको छ । सोसल मिडियामा एउटा फुटेज भाइरल भइरहेको छ, जसलाई सैफको भवनको रूपमा वर्णन गरिएको छ । यसमा एक व्यक्तिले खैरो कलरको टी–सर्ट लगाएको देख्न सकिन्छ । ती पुरुषले स्कार्फ पनि लगाएका छन् र सिँढीबाट तल ओर्लिरहेका छन् ।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार सैफ अली खानका अलावा उनको घरमा रहेका ५६ वर्षीया नर्स इलियामा फिलिप्स पनि घाइते भएकी छिन् । उनले नै मुद्दामा दर्ता गराएकी छन् । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro