site stats
बाह्रखरी :: Baahrakhari
कला
रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय र वर्षा

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । 

रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन् । 

चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् । छायांकन निर्देशक महेश पौडेल रहेका छन् । 

निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा आधारित छ । 

चलचित्रको छायांकन भदौको पहिलो हप्तादेखि करिब ४० दिनको तालिकासहित सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले बताए । उनले ‘मालती मंगले’ यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको जनाए ।

यस चलचित्रका निर्माता करिब चार हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका गायक रामकृष्ण ढकाल हुन् । उनले विसं. २०५८ मा निर्माण भएको चलचित्र ‘आशीर्वाद’मा अभिनय गरेका थिए । 

‘मालती मंगले’मार्फत उनी यसपटक निर्माताको भूमिकामा आएका हुन् ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्