site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चीनमा ‘नेपाल टी टेस्टिङ’ महोत्सवको आयोजना

काठमाडौं । चीनको बेइजिङस्थित नेपाली दूतावासले सिल्क रोड सिटी एलायन्ससँगको सहकार्यमा शुक्रबार ‘नेपाल टी टेस्टिङ’ महोत्सवको आयोजना गरेको छ ।

नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उदेश्यले महोत्सव चाइना इन्टरनेसनल फ्युचर्स भवनमा आयोजना गरिएको थियो ।

“यो कार्यक्रमको उद्देश्य नेपाली चियाको प्रवर्द्धन गर्नु र नेपाली र चिनियाँ चिया व्यापारी र व्यवसायीहरूबीच नेटवर्क विकास गर्नु हो,” बेइजिङस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले नेपाल र चीनमा चिया संस्कृति र यसको विशिष्टता र विशेषतालाई ध्यानमा राख्दै चीनमा नेपाली चियाको ठूलो व्यावसायिक सफलताको सम्भावना रहेको बताए ।

उनले उद्यमीहरूलाई चीनमा नेपाली चिया प्रवर्द्धन गर्न, नेटवर्क निर्माण गर्न र बजार रणनीतिहरू विकास गर्न आग्रह गरेका थिए ।

महोत्सवमा कालो, सेतो, सुनौलो, हरियो आदि विभिन्न प्रकारका अर्थोडक्स नेपाली चियाहरू प्रदर्शन गरिएको थियो । सहभागीहरूलाई प्रदर्शनमा राखिएका नेपाली चियाको स्वाद लिने अवसर प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली दूतावासले नेपालबाट चिया आयात गर्ने चिनियाँ कम्पनीहरूलाई सम्मान गरेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro