site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टिकटक बन्द हुने भएपछि रेड नोट चलाउँदै अमेरिकी

काठमाडौं । अमेरिकामा टिकटकको भविष्य अनिश्चित भएपछि त्यहाँका प्रयोगकर्ताले रेड नोट नामक एप चलाउन थालेका छन् । प्रयोगकर्ता बढेपछि रेड नोटले अंग्रेजी भाषाका कन्टेन्ट मोडरेटरहरू माग गरेको छ ।

टिकटक गैरचिनियाँ लगानीकर्तालाई बिक्री नगरेमा अमेरिकामा यो बन्द हुने कानुन ल्याइएको छ । यो कानुनविरुद्ध टिकटक अमेरिकी सर्वोच्च अदालतमा पुगेको छ । मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

Dabur Nepal
NIC Asia

मुद्दा विचाराधीन रहेकै बेला अमेरिकी टिकटक प्रयोगकर्ताले रेड नोट प्रयोग गर्न थालेका छन् । रेड नोट पनि चिनियाँ एप हो । रेड नोट चलाउन सुरु गरेकाहरूले आफूलाई ‘टिकटक शरणार्थी’ भन्न थालेका छन् ।

लाखौँको संख्यामा प्रयोगकर्ताले रेड नोट चलाउन थालेपछि अमेरिकी सञ्चारमाध्यम सीएनएनले यसलाई ‘द ग्रेट सोसल मिडिया माइग्रेसन’ भनेको छ ।

सन् २०१३ मा स्थापित रेड नोटका विश्वभरमा करिब ३०० मिलियन प्रयोगकर्ता छन् । टिकटकको भविष्य अनिश्चित भएपछि अमेरिकामा दुई दिनमा मात्र सात लाख रेड नोट प्रयोगकर्ता थपिएका छन् ।

रेड नोटमा ५.५ मिलियनले ‘टिकटक रिफ्युजी’ ह्यासट्याग प्रयोग गरेका छन् । अमेरिकामा करिब १७० मिलियन टिकटक प्रयोगकर्ता छन् । रोयटर्सबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro