site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि बुधबार राति भएको आक्रमणबारे मुम्बई प्रहरीको जोन ९ का डीसीपीले पत्रकारहरूलाई जानकारी दिएका छन् ।

उनले भने, “एक अभियुक्त अभिनेताको घरमा गएको अनुसन्धानबाट थाहा भएको छ ।”

प्रहरीका अनुसार, आरोपितले सैफको घरमा प्रवेश गर्न भवनको ती सिँढीलाई माध्यम बनाएका थिए, जसलाई आगलागीको समयमा प्रयोग गरिन्छ ।

प्रहरीले भनेको छ, “अहिलेसम्मको अनुसन्धानानुसार यो चोरीको प्रयास थियो । अभियुक्तलाई छिट्टै पक्राउ गर्ने हाम्रो प्रयास जारी छ ।”

एक आरोपितको पहिचान भइसकेको र उनलाई पक्राउ गर्न टोली ‘फिल्ड’मा रहेको प्रहरीले जनाएको छ ।

अभिनेता सैफमाथि गए राति चक्कु प्रहार गरिएको थियो । घटनापछि उनलाई मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

शल्यक्रियापछि अभिनेता खतरामुक्त रहेको उनको टोलीले जनाएको छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro