site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जय ट्रफी फाइनल : दोस्रो दिन आर्मीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कप फाइनलको दोस्रो दिन त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले ९५ रनको अग्रता बनाएको छ ।

बुधबार पर्साको विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले स्टम्प हुनुअघि नौ विकेट गुमाएर १३२ रन बनाएको छ ।

दोस्रो इनिङमा पुलिसका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ रन बनाए । उनले ६७ बलमा ६ चौका प्रहार गरे । यसअघि भुर्तेलले पहिलो इनिङमा अर्धशतक बनाएका थिए ।

यसबाहेक, दीलिप नाथले ६२ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । राशिद खानले १८ रन थप्दा ओपनर अमित श्रेष्ठले १३ रन जोडे ।

पुलिसबाट अविजित रहेका सागर ढकाल एक रनमा र ललित नारायण राजवंशी शून्यमा खेलिरहेका छन् । पुलिसका शंकर राना ‘गोल्डेन डक’ र श्रवण यादव डक भए ।

दोस्रो इनिङमा पुलिसविरुद्ध आर्मीका साहब आलमले पाँच विकेट लिएका छन् । २३ ओभर बलिङ गरेका साहबले तीन मेडन फ्याक्दै ७० रन खर्चिएका छन् ।

बसिर अहमेदले २१ ओभरमा ६ मेडन फ्याक्दै चार विकेट लिएका छन् ।

त्यसअघि पहिलो इनिङमा पुलिसले नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको आर्मीले पहिलो इनिङमा १७० रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro