site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वालिङको पोस्टमा एपीएफको चार गोल

काठमाडौं । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विभागीय टोली नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकाविरुद्ध ४–१ को सहज जित निकालेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा पुलिसलाई जित दिलाउन निरु थापा, अनुष्का शेर्पा र पुजा रानाले समान एक गोल गरे । पुलिसले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो । वालिङकी यसोधा कुमारी चिरालले एक गोल फर्काइन् ।

खेलको १५औँ मिनेटमा निरुले गोल गर्दै पुलिसलाई अग्रतामा राखेकी थिइन् । अनुष्काले २८औँ मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाइन् । त्यसको चार मिनेटपछि पुजाले गोल गर्दै पुलिसलाई ३–० को अग्रतामा राखिन् । ४३औँ मिनेटमा वालिङकी धाना बोहराबाट आत्मघाती गोल भएपछि पुलिसले पहिलो हाफमा ४–० को अग्रता बनाएको थियो ।

खेलको ८५औँ मिनेटमा यसोधाले वालिङबाट एक गोल फर्काइन् । प्रतियोगितामा पुलिसविरुद्ध वालिङको तेस्रो हार हो । यसअघि पुलिसले प्रतियोगिताको पहिलो चरण र दोस्रो चरणको पहिलो लेगमा वालिङलाई हराएको थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro