site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसी दलले संविधान संशोधनमा साझा धारणा बनाउने 

काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति गरेका छन् । मंगलबार काठमाडौंमा बसेको मधेसकेन्द्रित राजनीतिक दलहरूको कार्यदलस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । 

संविधान संशोधन गर्दा मधेसको मुद्दालाई सशक्त रूपमा सम्बोधन गर्नुपर्ने भएकाले साझा धारणा बनाएर अघि बढ्ने भन्दै उनीहरूले सहमति गरेका हुन् । दुईदलीय प्रणालीमा लैजाने, थ्रेस होल्डलगायतका विषयले देशको राजनीतिलाई नै असर पार्ने काम भइरहेकाले साझा ढंगले अघि बढ्ने सहमति समेत भएको जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

मधेसकेन्द्रित राजनीतिक दलहरू अब मोर्चा बनाएर अघि बढ्ने भन्दै उनले आगामी बैठकमा साझा एजेन्डा तयार गरिने बताए । विभिन्न कारणवश मधेस केन्द्रित दलहरू विभाजित भएको भन्दै अब सहकार्य गर्ने प्रण गरिएको र वार्ता समितिलाई सक्रिय बनाएर अघि बढ्ने उनले बताए । 

बैठकमा जनता प्रगतिशील पार्टीलगायत राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत सहभागी थिए । 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि बैठकमा बोलाए पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको र अर्को बैठकमा सहभागी हुने जवाफ आएको त्रिपाठीले बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro