site stats
बाह्रखरी :: Baahrakhari
खेल
जय ट्रफीको उपाधि भिडन्त : प्रतिकूल मौसमका कारण अझै हुन सकेन टस

काठमाडौं । प्रतिकूल मौसमका कारण जय ट्रफी पुरुष इलाइट कपको फाइनल खेल प्रभावित भएको छ ।

मधेस प्रदेशको वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा मंगलबार बिहान साढे ९ बजे फाइलन खेल हुने तालिका थियो । तर, प्रतिकूल मौसमका कारण अझैसम्म टस हुन सकेको छैन ।

Argakhachi Cement Island Ad

उपाधि भिडन्तमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

चार टोली सहभागी रहेको प्रतियोगितामा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा आइपुगेका हुन् । प्रतियोगितामा सहभागी वाग्मती र मधेस प्रदेश भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्