site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंकको सञ्चालक समूहमा ६ जना निर्वाचित
Argakhachi Cement Island Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक समूह निर्वाचित भएको छ । सञ्चालक समूहमा ६ जना सञ्चालक चार वर्षको कार्यकालका लागि सर्वसम्मत् निर्वाचित भएका हुन् । 
 
२३ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृषबहादुर बस्नेत र सर्वसाधारण समूहतर्फ सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की गरी ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।  

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष ०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत अनुसूची पारित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केटको ०८०/०८१ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । 

प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा, ७९ वटा एक्स्टेन्सन काउन्टर कार्यालय, २८६ वटा एटीएम तथा ३११ वटा शाखा कार्यालयहरूसहित देशभर फैलिएको आफ्नो बैंकिङ सञ्जालको माध्यमबाट ३५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रवाह गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्