site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना, काठमाडौंमा पानी पर्छ ?
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही भू–भागमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै भू–भागमा हुस्सु लागेको छ । 

विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद् गोविन्द झा बताउँछन् । 

वाग्मती प्रदेशमा वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना छैन । “वाग्मती प्रदेशका केही पहाडी भू–भागमा वर्षा भए पनि काठमाडौंमा वर्षाको सम्भावना छैन,” उनले भने । 

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् झाले जानकारी दिए । 

कोसी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro