site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘वसन्त’को गीत ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपूतको चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक गरिएको छ । 

गीतमा निर्देशक प्रकाश सपूतको शब्द, संगीत र स्वर छ । स्वरमा प्रकाशलाई शान्ति श्री परियारले साथ दिएकी छन् । गीतले चलचित्रका दुई मुख्य पात्र प्रकाश र स्वस्तिमा खड्काबीचको प्रेम देखाएको छ । 

गीतको भिडियोमा प्रकाशसँगै स्वस्तिमासँगै, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्कबहादुर पुन फिचर्ड छन् ।

आगामी चैत २२ गते प्रदर्शनमा आउने चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति सोसल ड्रामा चलचित्रको कथा, पटकथा र संवाद पनि प्रकाश स्वयंको छ । 

विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा ‘वसन्त’ले भन्नेछ । 
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro