site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रावायण’बाट आलोचित पलले ‘मायावी’बाट फर्काउलान् गुमेको साख ?

काठमाडौं । तिजको अवसर पारेर गएको भदौ ११ गते रिलिज गरिएको चलचित्र ‘रावायण’ के भयो धेरैलाई थाहै छ । यो चलचित्रले अपेक्षित व्यापार गरेन । व्यापार मात्र नगरेको होइन, सिनेमाका विषयमा समेत नकारात्मक टिप्पणी भयो ।

व्यापार राम्रो नगर्ने चलचित्र सबै नराम्रा हुँदैनन् । कतिपय चलचित्रले राम्रो समीक्षा पाएर पनि उल्लेख्य व्यापार गर्न सक्दैनन् । 

‘रावायण’ले न राम्रो समीक्षा पायो न उल्लेख्य व्यापार नै गर्‍यो । यसको अर्थ मेकिङमा सिनेमा कमजोर थियो । त्यसैले न दर्शकको साथ पायो न समीक्षकको तारिफ । 

यो चलचित्रको केन्द्रमा थिए, पल शाह । पल मुख्य भूमिकामा थिए । चलचित्र असफलताको जस पनि उनैलाई गयो । जति निर्देशकको आलोचना भयो, त्यति नै पलको पनि । विशेष गरी उनको गेटअप त्यसमा पनि दारी, जुंगा र विगलाई लिएर आलोचना भयो । पलले सिनेमामा प्रयोग गरेको दारी र जुंगाले नै यो चलचित्रलाई ‘फ्लप’ बनाइदिएको टिप्पणी गरियो ।

धेरैले ‘रावायण’मा पल ‘मिसकास्ट’ भएको बताए । मिसकास्टकै कारण चलचित्रले दर्शक बटुल्न नसकेको धेरैको निष्कर्ष थियो ।

निर्देशक दिवाकर भट्टराई पनि यही निचोडमा छन्, जसको चलचित्र ‘मायावी’ फागुन १४ गते रिलिज हुँदै छ । यो चलचित्रमा पल नै मुख्य भूमिकामा छन् ।

“रावायण पलको जानराको चलचित्र नै थिएन । एक्सन जानरा पललाई सुट हुने जानरा नै होइन,” दिवाकर भन्छन्, “पललाई सुहाउने जानरा रोमान्टिक लभस्टोरी हो ।”

आफूलाई जुन जानरा सुहाउँछ, त्यसभित्र रहेर काम गर्दा मात्र सफल हुने उनको भनाइ छ ।

पल लभस्टोरी जानराबाटै आएको र यस्तै सिनेमा हेर्ने दर्शकले उनलाई हिरो बनाएको भुल्न नहुनेमा दिवाकार जोड दिन्छन् । अर्को जानरामा प्रयास गर्दा सफल हुन नसकेको भन्दै उनी अब रोमान्टिक लभस्टोरीबाट कमब्याक गर्नुपर्ने बताउँछन् ।

“पललाई सुट हुने नै लभस्टोरी जानरा हो । उनी अब मायावीबाटै कमब्याक गर्नुपर्छ । पललाई अडियन्सले एप्रिसिएसन जुन जानराबाट गरे, अब कमब्याक पनि त्यही जानराबाट गर्नुपर्छ,” दिवाकर भन्छन्, “मायावीमा पललाई दर्शकले रिलेट गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।”

जुन कलाकारलाई जेमा सुट हुन्छ, त्यसमा मात्र दर्शकले स्वीकार गर्छन् भन्ने आत्मसात् गर्नुपर्ने उनको भनाइ छ । 

पछिल्लो समय नेपालमा रोमान्टिक लभस्टोरी जानरा नै सकिएजस्तो आफूलाई अनुभूत हुने गरेको निर्देशक दिवाकर बताउँछन् । “आजकाल मलाइ नेपालमा रोमान्टिक लभस्टोरी जानरा नै हराइसकेजस्तो लाग्छ,” उनी अगाडि थप्छन्, “अरू थुप्रै जानरामा चलचित्र बनिरहेका छन् । जति धेरै जानरामा चलचित्र    बन्छन्, त्यति नै राम्रो हो । तर, लभस्टोरी जानरा पनि रहिरहनुपर्छ ।”

धेरैपछि रोमान्टिक लभस्टोरी जानराको चलचित्र रिलिज हुन लागेकाले दर्शकले रुचाउनेमा उनी ढुक्क छन् । यही चलचित्रबाट पलको पनि कमब्याक हुनेमा उनी विश्वस्त छन् ।

पलको यसअघिको चलचित्र ‘रावायण’ उनकै कारण असफल भयो भनेर धेरैले भने, उनै मुख्य भूमिकामा रहेको सिनेमा ‘मायावी’, कतिको डर लागिरहेको छ ?  “छैन, मलाई कति पनि डर छैन । मलाई रावायण सफल भएन, त्यसको असर यसमा पर्छ कि भन्ने कति पनि डर छैन,” जवाफमा दिवाकर भन्छन्, “यो (रोमान्टिक लभस्टोरी) पललाई सुट हुने जानरा हो । यसबाट पलले कमब्याक गर्छन् भन्नेमा विश्वस्त छु ।” 

‘मायावी’ रिलिजभन्दा अगाडि पल करिब एक दर्जन महोत्सवमा हिँड्दा आफ्नो चलचित्रको प्रचार गर्नेछन् । यी महोत्सवमा टिम बनाएर ‘मायावी’को प्रचार गर्ने तयारी छ ।

पलको हात आइसकेका केही चलचित्र ‘रावायण’ असफल भएपछि खोसिएको खबर सार्वजनिक भएको थियो । तर, पलले त्यसको खण्डन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro