site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी नियमन प्राधिकरण बनिसक्यो, अब कार्यान्वयनको चरणमा : मन्त्री अधिकारी

काठमाडाै‌ं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन गर्न प्राधिकरण बनाइसकेको भन्दै कार्यान्वयनको चरणमा रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा नेपाल कृषि सहकारी केन्द्रीय संघको १७ वार्षिक साधारणसभामा बोल्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई सही दिशातर्फ अघि बढाउनका लागि नियमन गर्नुपर्ने आवाज उठेपछि सरकारले ऐन संशोधनमार्फत प्राधिकरण बनाएको भन्दै अब कार्यान्वयनको चरणमा रहेको बताएका हुन् । 

सहकारी सबै एउटै प्रवृत्तिको रहेको र सहकारी चाहिँदैन भन्ने भ्रम फैलाउने गरेको भन्दै मन्त्री अधिकारीले यस्तो भ्रमका पछि नलाग्न आग्रह गरे । सहकारीकै माध्यमबाट लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भएकाले सहकारीविरुद्ध फैलाइएका हल्ला मिथ्या हुन भन्ने प्रमाणित गर्न जरुरी रहेको उनले बताइए । 

मन्त्री अधिकारीले देशभरका सहकारीमा आबद्ध भएकालाई एकै ठाउँमा राखेर मन्त्रालयले ऐक्यद्धतासहितको छलफल कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । 

उनले सहकारीलाई व्यवस्थित गर्नका लागि सहकारीकर्मीहरूले पनि आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro