देश

जनकपुर । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
कमला नगरपालिका–२, सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा मंगलबार दिउँसो दुवैजनाको डुबेर मृत्यु भएको उनले बताए ।
घरबाट खेल्न निस्केका दाजुभाइ अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा खाल्डोमा तैरिरहेको अवस्थामा शव फेला परेको सिंहले बताए । रासस
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ २१:३३
प्रतिक्रिया दिनुहोस्