site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले गठन गर्‍यो ‘संविधान परिमार्जन सुझाव कार्यदल’

काठमाडौं । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकबाट प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

“यो कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउनेछ,” उनले भने ।

कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका उनले जानकारी दिए ।

“साथै, यो कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन्,” झाले भने ।

रास्वपा केन्द्रीय समितिको दुईदिने बैठक काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा जारी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro