site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज वर्षा र हिमपातको सम्भावना कति ? 

काठमाडौं । आज आइतबार देशभरको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैजसो प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

कोशी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

मधेश प्रदेशमा पनि तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै, गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । 

सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि सोमबार भने देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना छ । पश्चिम नेपालका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो दिन सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । यी तीनै प्रदेशका एक–दुई स्थानमा पानी पर्न सक्ने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीलाई बताए ।

महाशाखाले आइतबारका लागि जारी गरेको मौसम पूर्वानुमान बुलेटिन

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro