
काठमाडौं । देशका केही सानाठूला नदीमा आइतबार (असार १५) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौं, ललितपुर र भक्तपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना छ । यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालीकोट, दैलेख, अछाम, डडेलधुरा र बझाङ भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ ।
आइतबार बिहानको मापनानुसार कोसी, नारायणी, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल छ । तर, कर्णाली, पश्चिम सेती, महाकाली जलाधारका जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।
भोलि (असार १६) र पर्सि (असार १७) महाकाली, पश्चिम सेती र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।
- कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
- अर्घाखाँचीमा ‘मध्यम’ वर्षा, दाङसम्म बाढीको जोखिम
- काठमाडौंमा दिनभर बदली, ‘मध्यम’सम्म वर्षा हुने
- देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना
- कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
- मौसमविद्को सुझाव– आइतबार बेलुका र सोमबार सकभर यात्रा नगर्नुहोला
- यी १२ जिल्लामा ‘धेरै भारी’ वर्षाको चेतावनी
- म्याग्दी खोला सतर्कता तह पार, सिन्धुपाल्चोक र कैलालीमा ‘मध्यम’ वर्षा