site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थल स्तरोन्नतिको काम ३४ प्रतिशत सकियो
फाइल तस्बिर ।

काठमाडौं । कात्तिक २३ गतेदेखि सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम ३४ प्रतिशत सकिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बिहीबार प्रस्तुत गरेको तथ्यांकअनुसार समग्रमा मंसिरसम्म ३४.३३ प्रतिशत काम सकिएको हो ।

मन्त्रालयका अनुसार, पार्किङ एप्रोनको ४८ प्रतिशत निर्माण सकिएको छ । यस्तै, ट्याक्सी वेको निर्माण ३२ प्रतिशत सकिएको छ । ह्याङ्गर एप्रोनको निर्माण २३ प्रतिशत सकिएको छ ।

कात्तिक २३ गतेदेखि सुरु भएको निर्माण राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म हुने गरेको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले माघको मध्यबाट विमानस्थल निर्माणलाई आठ घण्टामा घटाउने तयारीमा छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro