site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेरा दरबारका विषयमा गम्भीर अनुसन्धान भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गाका विषयमा अनुसन्धान भइरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले भने, “शेरा दरबारसम्बन्धी गम्भीर अनुसन्धान हुन्छ, भइरहेको छ ।”

उक्त सम्पत्ति सरकारका नाममा फिर्ता ल्याइने उनले प्रतिबद्धता जनाए । “गलत ढंगले कम्पनीको नाममा गएको छ, त्यो फिर्ता हुन्छ,” उनले भने, “मेरा प्रिय नेता, पूर्वप्रम प्रचण्डजी सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ । फिर्ता ल्याउँछ ।”

यसैबीच, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक राज्यव्यवस्था समितिबाट सर्वसम्मत रूपमा पारित गरिएको छ । उपसमितिको प्रतिवेदन हुबहु स्वीकार गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

समितिबाट पारित भएसँगै अब विधेयक संसद् बैठकमा पेस गरिनेछ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro