site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टोकको प्रशिक्षकमा रोबिन्स नियुक्त

काठमाडौं । स्टोक सिटीले नयाँ प्रशिक्षकमा मार्क रोबिन्सलाई नियुक्त गरेको छ । बुधबार स्टोकले कोभेन्ट्रीका पूर्वप्रशिक्षक समेत रहेका रोबिन्सलाई तीन वर्ष ६ महिनाका निम्ति नियुक्त गरिएको जनाएको छ ।

५५ वर्षीय रोबिन्सलाई यसअघि स्काई ब्लुजले अक्टोबरमा बर्खास्त गरेको थियो । रोबिन्सले नार्सिस पेलाकको स्थानमा जिम्मेवारी वहन गर्नेछन् । पेलाकले गएको शुक्रबार टोलीको जिम्मेवारी छोडेका थिए । उनले तीन महिनापछि नै स्टोकको जिम्मेवारी छोडेका हुन् ।

रोबिन्सको प्रशिक्षणमा स्टोकले शनिबार प्लेमाउथसँग प्रतिस्पर्धा गर्नेछ । इंग्लिस च्याम्पियनसिपको १९औँ स्थानमा रहेको स्टोकले २५ खेलबाट २६ अंक जोडेको छ । स्टोकले यसमध्ये जम्मा ६ खेलमा मात्र जित निकालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro