site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपामा उठ्यो मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका पूर्वमहामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फकाउनुपर्ने माग उठेको छ । कोसीका सभापति राजेश तिम्सिना र मधेसका सभापति तपेश्वर यादवले ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पत्र लेखेका छन् ।

कोसीका सभापति तिम्सिनाले मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । “पछिल्लो असार महिनायता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद र दुर्भाग्यपुर्ण छ । ढकाललाई पार्टी बाट निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको महसुस कम्तीमा कोसी प्रदेशका सबै रास्वपाकर्मीहरूले गरेका छन् । मलाई लाग्छ, पार्टीको यो घडीमा अब हामी सबै मिलेर अघि बढ्नुपर्छ र त्यसका लागि केही सुधारात्मक कदम आवश्यक छन्,” तिम्सिनाको पत्रमा भनिएको छ । 

ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय समिति सदस्य एवं साधरण सदस्यबाट हटाउने पार्टीका सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको समेत पत्रमा उल्लेख छ । पार्टीमा ढकाललाई पुरानै जिम्मेवारीसहित फिर्ता बोलाउनुपर्ने मत उनको छ ।

मधेसका सभापति यादवले अहिले पार्टीले कोर्स करेक्सन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । “पछिल्लो असार महिनायता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद छ । मलाई लाग्छ, पार्टीको यो घडीमा अब हामी सबै मिलेर अघि बढ्नुपर्छ र त्यसका लागी केही कोर्स करेक्सन आवश्यक छन् । सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु,” यादवको पत्रमा भनिएका  छ ।

रास्वपाले गएको असारमा ढकाललाई कारबाही गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro