देश
काठमाडौं । काठमाडौंको वसन्तुपुरमा १२औँ नेपाली टोपी दिवस मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा बुधबार ‘नेपाली टोपी लगाऔँ : पहिचान जागाऔँ’ नारासहित नेपाली टोपी दिवस मनाइएको हो ।
दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको छ ।
उनीहरूले 'नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, हाम्रो राष्ट्रिय पहिचान खै, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, तपाईं हाम्रो अभियान' नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ ०९:५९
प्रतिक्रिया दिनुहोस्