site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छ महिनामा पाँच हजार ८१५ रोपनीमा लगाइएको गाँजा नष्ट

काठमाडौं । प्रहरीले चालु आर्थिक वर्षको मंसिर मसान्त (६ महिना) सम्म मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार ८१५ रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट गरेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार, सबैभन्दा बढी वाग्मती प्रदेशमा दुई हजार ९३७ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ ।

कोसी प्रदेशमा एक हजार ८१४ रोपनीमा, काठमाडौं उपत्यकामा १२०, गण्डकी प्रदेशमा ३४५, लुम्बिनी प्रदेशमा १६९ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ ।

त्यसैगरी, मधेस प्रदेशमा २५३, कर्णाली प्रदेशमा पाँच रोपनी र सुदूरपश्चिम प्रदेशमा १७२ रोपनीमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro