site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं आइतबारभन्दा सफा, सबैभन्दा बढी प्रदूषित जनकपुर

काठमाडौं । काठमाडौं उपत्यकाको वायुको अवस्था आइतबार (हिजो)भन्दा केही सफा भएको छ । वातावरण विभागका अनुसार, काठमाडौंमा सोमबार अपराह्नतिर पछिल्लो २४ घण्टाको वायुको गुणस्तर केही सुधार भएको हो ।

विभागका अनुसार, पछिल्लो २४ घण्टामा रत्नपार्कको वायुको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १६१ छ । यो तह आइतबार अपराह्न १८७ पुगेको थियो । 

यस अवधिमा काठमाडौंको वायुमा पीएम (पर्टिकुलेट म्याटर) एम २.५ को मात्रा समेत घटेर ५१.२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । जुन आइतबार राति ११ बजे १५३.८५८ सम्म पुगेको थियो । 

सोही अवधिमा एक्यूआईका आधारमा सबैभन्दा बढी प्रदूषित धनुषाको जनकपुर सहर बनेको छ । त्यहाँको एक्यूआई १६९ र पीएम २.५ को मात्रा ९९.१ पुगेका विभागको तथ्यांक छ । 

यस्तै, धनगढी पनि १६६ एक्यूआईसहित अस्वस्थ्कर सहरको सूचीमा छ । यीबाहेक अन्य सहरमा भने एक्यूआई १५० भन्दा कम मापन भएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro