site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमालेलाई असफल हुने छुट छैन, रवि लामिछाने पन्छिन मिल्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताएका छन् । नेकपा (एमाले) दाङ प्रचार तथा प्रसार विभागले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाइएको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको दाबी गरे । अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले चुनौतीको सामना गर्ने गरी गतिलो गृहकार्य गरेर दुई दल अघि बढेको जिकिर गरे ।

Dabur Nepal
NIC Asia

संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । उनले परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि नबढ्ने स्पष्ट पारे ।

तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउने गरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानुन सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले बताए ।

अर्को प्रसंगमा पोखरेलले सहकारी प्रकरणमा गोर्खा मिडियामा आएको रकमको स्रोतमा अनभिज्ञता देखाएर रवि लामिछाने पन्छिन नमिल्ने पनि बताए । पार्टी दर्ता भएपछि पनि लामिछानेले आफ्नै हस्ताक्षरबाट पैसा पठाएको प्रमाण फेला परेको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro