site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनी टिम च्याम्पियन

काठमाडौं । नेपालगन्ज रंगशालामा पुस १२ र १३ गते दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेश १७ स्वर्ण, १३ रजत, र सात कांस्य पदकसहित टिम च्याम्पियन बनेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशले ११ स्वर्ण, ९ रजत, र आठ कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । कोसी प्रदेशले ६ स्वर्ण, सात रजत, र सात कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका नविनबहादुर धामी र महिलातर्फ लुम्बिनी प्रदेशकी विनिता केसी घोषित भइन् । उत्कृष्ट प्रशिक्षकमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका वीरबहादुर सारुमगर र महिलातर्फ लुम्बिनी प्रदेशकी एलिशा खड्का घोषित भइन् ।

उदीयमान खेलाडीको रूपमा पुरुषतर्फ मधेस प्रदेशका राजकुमार महतोले प्राप्त गरे भने महिला तर्फ कर्णालीकी नविना भण्डारी भइन् । उत्कृष्ट रेफ्रीको उपाधि गण्डकी प्रदेशका पुरुषतर्फ समिर गुरुङ र महिलातर्फ लुम्बिनी प्रदेशकी निक्कु विश्वकर्माले प्राप्त गरिन् । अनुशासित खेलाडी पुरुषतर्फ वाग्मती प्रदेशका प्रसन्न आचार्य र महिलातर्फ सुदूरपश्चिम प्रदेशकी बिमला थापामगर भइन् ।

सेल्फ डिफेन्स, डेमोस्ट्रेसन तर्फ प्रथम स्थान लुम्बिनी प्रदेश, दोस्रो स्थान कोसी प्रदेश र तेस्रो स्थान वाग्मती प्रदेशले प्राप्त गरे । प्रतियोगिता नेपाल हाप्किडो संघको आयोजनामा भएको थियो । वार्षिक कार्यक्रमअनुसार ६ वटा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको संघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro