site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नासाको यान सूर्यको अझै नजिक जान्छ ?

काठमाडौं । पार्कर सोलार प्रोबले मानवजातिले बनाएको ताराको सबैभन्दा नजिक पुग्ने यान बनेर इतिहास बनाएको छ । सूर्यको बाहिरी भागको अध्ययनका निम्ति सन् २०१८ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पार्कर सोलार प्रोबको प्रक्षेपण गरेको थियो ।

यसै सन् २०२४ को डिसेम्बर २६ मा एउटा कार आकारको पार्कर सोलार प्रोबले सूर्यको हालसम्मकै नजिकको दुरीमा पुगेको सूचना पृथ्वीमा पठाएको थियो । २० डिसेम्बरमा यानले स्वचालित रूपमा सूर्यको नजिकबाट उडान सुरु गरेसँगै वैज्ञानिकहरूले यससँगको सम्र्पक गुमाएका थिए, त्यसैले यानले पठाउने सिग्नल नै मुख्य सूचनाको स्रोत थियो ।

पार्कर सोलार प्रोबले सिग्नल पठाएपछि यो बाँचेको र राम्रो अवस्थामा रहेको जानकारी नासाले डिसेम्बर २७ मा गराएको थियो । मेरील्यान्डको लौरेलस्थित जोन्स हप्किन्स एप्लाइड फिजिक्स ल्याबोरेटरी (एपीएल)को मिसन कन्ट्रोलले डिसेम्बर २६ मा मध्यरात हुनुअघि संकेत पाएको नासाले जनाएको थियो ।

यानले थप विस्तृत जानकारी सन् २०२५ को जनवरी १ मा पठाउने गरी प्रोग्राम्ड गरिएको छ । त्यसपछि मात्रै अपेक्षा गरिएको जानकारी यानले संकलन गरे/नगरेको जानकारी वैज्ञानिकले पाउनेछन् ।

जनवरीको अन्त्यतिर यानले थप फोटो र वैज्ञानिक विवरण पृथ्वीमा पठाउने छ । त्यतिबेलासम्म यो सूर्यको टाढा सुरक्षित दुरीमा पुगिसकेको हुनेछ ।

सूर्यको नजिक र उच्च गतिको कीर्तिमानी
डिसेम्बर २४ को बिहान पार्कर सोलार प्रोबले सूर्यबाट ३८ लाख माइल अथवा ६१ लाख किलोमिटरको दुरीबाट उडान गरेको थियो । यो सूर्य वा कुनै पनि ताराको नजिकबाट उडान भर्ने पहिलो मानव निर्मित वस्तु बनेको थियो । त्यतिबेला प्रोबको गति ६ लाख ९० हजार किलोमिटर प्रतिघण्टा थियो । यो गति पनि मानव निर्मित वस्तुको हासिल गरेको सबैभन्दा उच्च गति हो ।

सूर्यको निकटतम दुरीबाट जाँदा यानलाई बचाउन यसमा ४.५ इञ्च बाक्लो हिट सिल्ड र सूर्यको चरम तापबाट जोगाउने स्वचालित प्रणाली प्रयोग गरिएको थियो । यसले एक हजार ३७१ डिग्री सेल्सियस तापक्रमबाट जोगाउने बताइएको छ । तर, यानले त्यसभन्दा कम तापक्रमको सामना गरेको अपेक्षा गरिएको छ ।

सन् २०१८ मा प्रक्षेपण भएयता यसले सूर्यबारे निकै धेरै जानकारी दिएको छ । नासाका अनुसार अहिले पुगेको ६१ लाख किलोमिटरको दुरी नै यसको निकटतम उडानको दुरी हो । अबका दिनमा यसले सूर्यबाट टाढा सुरक्षित दुरीतर्फ उडान भर्दै जनवरीको अन्त्यतिर पृथ्वीमा थप विवरण पठाउने छ । सन् २०२५ को अन्त्यतिर सकिने अपेक्षा गरिएको यसको मिसन अवधिभर यानले सूर्यको परिक्रमा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro