site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टार्टअप कर्जाका लागि परेका पाँच हजार प्रस्तावमध्ये प्रारम्भिक छनोट हुँदै

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि पेस भएका परियोजना प्रस्तावहरूको छनोट गरिरहेको बताएको छ । गत आर्थिक वर्षदेखि सरकारले स्टार्टअप उद्यम कर्जा दिन थालेको थियो ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा सरकारले स्टार्टअप उद्यम कर्जाका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यसका लागि गत भदौ ११ देखि ३१ गतेसम्म परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कर्जाका लागि पाँच हजार १५८ प्रस्ताव परेको बताएको छ ।

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार ती प्रस्तावको विश्लेषण गरी प्रारम्भिक छनोटमा पर्नेको सूची तयार पार्ने काम भइरहेको बताएको छ ।

उद्योग मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै कार्यविधिअनुसार छनोटमा पर्ने कम्पनी तथा फर्मले कर्जा पाउने बताएको छ । उक्त सूची मन्त्रालय र प्रतिष्ठानको वेबसाइटमा प्रकाशित हुने मन्त्रालयले जनाएको छ ।

तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म मिल्ने यो कर्जा पाँच वर्षभित्र तिरिसक्नुपर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro