site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ललितपुर महानगरले पेस गर्‍यो नगरसभामा नीति तथा कार्यक्रम

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ । शुक्रबार महानगरको सातौँ नगरसभामा नगर प्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेस गरेका हुन् । 

नीति तथा कार्यक्रम पेस गर्दै नगर प्रमुख महर्जनले महानगरभित्रका सडकलाई रणनीतिक, सांस्कृतिक सडक निर्माण गर्ने बताए । नगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो अवधारणाले यी वडालाई सांस्कृतिक वडा बनाउन सहयोग पुग्ने नगर प्रमुख महर्जनले बताए । त्यसैगरी दीर्घकालीन महत्त्व बोकेका सडकहरू पहिचान गरी ती सडकलाई रणनीतिक सडकहरूको रूपमा वर्गीकरण गरिने पेसश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख महर्जन नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर र वडाले गर्ने सडकको समेत वर्गीकरण गर्ने बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्