site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) साँझदेखि देशका अधिकांश स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।

विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।

विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान हल्का हिमपात हुने जनाएको छ ।

बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भूभागमा हल्का वर्षा हुने विभागको भनाइ छ ।

विभागका अनुसार, गण्डकी प्रदेशका हिमाली क्षेत्रमा दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

राति, हिमाली क्षेत्रमा साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा दिउँसो आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । राति, पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

कर्णाली प्रदेशका हिमाली क्षेत्रमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति, हिमाली क्षेत्रमा साधारणतया बदली रही हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिमका हिमाली क्षेत्रमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिमका हिमाली क्षेत्रमा राति, साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अन्य प्रदेशको तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro