विदेश
काठमाडौं । रुसको खाकासिया क्षेत्रस्थित मेकानिकल प्लान्टमा विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।
सुरक्षा नियमको उल्लंघनका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । त्यहाँका गभर्नर भ्यालेन्टिन कोनोभालोभले उद्धारकर्ता र कानुन प्रवर्तन अधिकारीले घटनाको कारण पत्ता लगाउन काम गरिरहेको बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ १०:२४
प्रतिक्रिया दिनुहोस्