site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसको कुर्स्क क्षेत्रमा युक्रेनी मिसाइल आक्रमण : ६ जनाको मृत्यु
तस्बिर : रोयटर्स ।

काठमाडौं । रुसको कुर्स्क क्षेत्रको रिल्स्क सहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । आक्रमणमा १० जना घाइते भएका कुर्स्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्यान्डर खिन्स्टाइनले बताए ।

गएको शुक्रबार युक्रेनले रिल्स्क सहरमा ठूलो मात्रामा मिसाइल आक्रमण गरेको थियो । उद्धारकर्ता, अग्निनियन्त्रक र आपत्कालीन सेवाका अधिकारीले घटनास्थलमा काम गरिरहेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्