site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् प्राधिकरणमा खुल्यो १०३३ जनालाई रोजगारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी एक हजार ३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका सातौँदेखि दशौँ तहसम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहमा ८३८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ ।

दरखास्त पुस २५ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्ममा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

तर, महिला र अपांगता भएका उमेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । सहायक स्तर तह ५ का पदमा १८ वर्ष  पूरा भई ३५ ननाघेको हुनुपर्नेछ । महिला र अपांगता भएका उमेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन ।

अधिकृतस्तरमा सबैभन्दा बढी अर्थात् ६२ जना तह ७ इलेक्ट्रिकल इन्जिनियर माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उतीर्णले दरखास्त दिन सक्नेछन् । प्रशासनतर्फ तह ७ प्रशासकीय अधिकृमा ३८ जना माग गरिएको छ । जुनसुकै विषयमा स्नातकोत्तर उतीर्णले दरखास्त दिन पाउनेछन् ।

तह ७ लेखा अधिकृतमा ३१ जना माग गरिएको छ । वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उतीर्णले दरखास्त दिन पाउनेछन् । प्राविधिकतर्फ तह ७ कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ । कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् । प्राविधिकतर्फ तह ७ सिभिल इन्जिनियर ९ जना माग गरिएको छ । सिभिल इन्जिनियरिङमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् ।

प्राधिकरणतर्फ तह ८ सहायक प्रबन्धक इलेक्ट्रिकलका लागि ८ जना माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर तह उतीर्ण र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा पाँच वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्नेछन् । प्रशासनतर्फ ७ तहमा ८ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । सीए उतीर्णले आवेदन दिन सक्नेछन् ।

प्राविधिकतर्फ तह १० प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८ सहायक निर्देशक, लेखातर्फ ८ तह सहायक निर्देशक १/१ जना माग गरिएको छ । प्राविधिकतर्फ तह ७ सर्भे इन्जिनियर, तह ७ वातावरणविद् र तह ७ जियोलोजिस्ट २/२ जना माग गरिएको छ ।

तह ५ मिटररिडिङ सुपरभाइजर ४१ जना माग गरिएको छ । कोसी प्रदेशमा १२, मधेसमा १६, गण्डकीमा ५, कर्णालीमा ३ र सुदूपश्चिममा ५ जना माग गरिएको छ । मिटररिडिङ सुपरभाइजरका लागि न्यूनतम योग्यता प्रविणता प्रमाण पत्र तह वा १२ कक्षा उतीर्ण तोकिएको छ ।

तह ५ लेखापाल ३९ जना माग गरिएको छ । कोसीमा ७, मधेसमा १३, लुम्बिनीमा ८ र सुदूरपश्चिममा ६ जना लेखापाल माग गरिएको हो । लेखापालाको न्यूनतम योग्यता वाणिज्य शाष्त्र वा व्यापार प्रशासन लिई प्रवीणता प्रमाणपत्र तह वा १२ कक्षा उतीर्ण तोकिएको छ ।   

तह ५ इलेक्ट्रिकल सुपरभाइजरतर्फ ७४० जना माग गरिएको छ । कोसी प्रदेशमा १४०, मधेसमा ९५, वाग्मतीमा १२०, गण्डकीमा ८४, लुम्बिनीमा १४०, कर्णालीमा ७० र सुदूरपश्चिममा ९१ जना माग गरिएको हो । यसका पदका लागि न्यूनतम योग्यता इलेक्ट्रिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उतीर्ण भएको हुनुपर्नेछ ।

तह ५ मेकानिलकल सुपरभाइजर १९ जना माग गरिएको छ । लुम्बिनी प्रदेशमा २, कर्णालीमा १२, सुदूपश्चिममा ५ जना माग गरिएको हो । यसका लागि न्यूनतम योग्यता मेकानिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उतीर्ण भएको हुनुपर्ने तोकिएको छ ।  

५ तह सिभिल सुपरभाइजर ३ जना माग गरिएको छ । सिभिलतर्फ सुदूरपश्चिम प्रदेशमा २ र सर्भेतर्फ वाग्मती प्रदेशमा १ जना माग गरिएको हो । यसका लागि न्यूनतम योग्यता सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उतीर्ण भएको हुनुपर्ने तोकिएको छ । सर्भे इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उतीर्ण भएकाले आवेदन दिन पाउनेछन् ।

अधिकृतस्तरका कर्मचारीले नेपाल भर काम गर्नुपर्नेछ भने सहायकस्तरका कर्मचारीले आवेदन फारम बुझाउने प्रदेशअन्तर्गतका प्राधिकरणका विभिन्न कार्यालयमा काम गर्नुपर्नेछ । प्रादेशिकस्तरको विज्ञापनबाट छनोट भई नियुक्त हुने कर्मचारीको ७ वर्षसम्म त्यस क्षेत्रका कार्यालयबाहेक अन्यत्र सरुवा हुने छैन ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro