-1755444588.png)
काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै चर्चित फास्ट–फुड चेन, “द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन” सँग साझेदारी गरेको घोषणा गरेको छ । यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फुड एन्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् ।
द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन र विभिन्न फास्ट–फुड परिकारका लागि प्रसिद्ध छ । नेपालभरका आउटलेटहरूमा फैलिएको यस ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई जुनसुकै स्थानमा पनि आफ्नो मनपर्ने परिकार छुटसहित खान सक्ने सुविधा दिनेछ ।
छुट लिनका लागि माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुपर्नेछ । आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुपर्छ छ । होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्न सकिनेछ । जुनसुकै द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन आउटलेटमा यो कार्ड देखाएर छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
“यो साझेदारीले नेपालको मनपर्ने फास्ट–फुड गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए ।
डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो । कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।