site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
फाइल तस्बिर ।

काठमाडौं । मलेसियामा हुने एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विपीनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रतियोगिता यही असार ८ देखि २१ गतेसम्म मलेसियामा हुनेछ । 

मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड तथा म्यानमार रहेका छन् । नेपालले यही असार ८ गते सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाली टिम
विपीनप्रसाद शर्मा (कप्तान), सुर्याशु कोइराला (उपकप्तान), शिवान्श बजगाईं, रौनक श्रीवास्तव, परिमर्जन यादव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही 

509439095_1165789645577414_762226837818304293_n-1750331885.jpg
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्