site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएल : लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली भिड्दै
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । 

सुदूरपश्चिम रोयल्सले यसअघिका ६ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । १० अंकसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ । 

कर्णाली याक्सले भने यसअघिका ६ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । ८ अंकसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अंकसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ । 

यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदि कर्णालीले हार्‍यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउनेछ ।  काठमाडौं गुर्खाज पनि ८ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro