site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जित्नैपर्ने खेलमा विराटनगरबाट काठमाडौंले पायो ११८ रनको लक्ष्य
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु विराटनगर किंग्सले ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको हो ।

विराटनगरका राजेश पुलामीमगरले २१ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २५ रन बनाए । दीपक बोहराले २० रन जोडे । २४ बल खेलेका दीपकले दुई चौका प्रहार गरे ।

स्कट एड्वार्ड्सले १४ बलमा एक छक्कासहित १५ रन थपे । बसिर अहमेदले १३ र निकोलस किर्टोनले १२ रन बनाए ।

विराटनगरलाई मध्यम योगफलमा रोक्न काठमाडौंका गेरहार्ड इरास्मसले तीन विकेट लिए । चार ओभर बलिङ गरेका इरास्मसले १७ रन मात्र खर्चिए ।

दिपेश कँडेलले दुई विकेट लिए । दिपेशले चार ओभरमा १६ रन खर्चिए । साहब आलम, करण केसी र डान डथवेटले एक/एक विकेट लिए ।

प्रतियोगिताको प्लेअफ समीकरणमा कायम रहन काठमाडौंलाई आज जित्नैपर्ने दबाब छ । ६ खेलबाट ६ अंक जोडेको काठमाडौं तालिकाको पाँचौँ स्थानमा छ ।

आजको खेलमा पराजित भए काठमाडौं प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने चौथो टोली बन्नेछ ।

६ खेलबाट चार अंकसहित छैटौँ स्थानमा रहेको विराटनगर भने प्लेअफ समीकरणबाट बाहिरिइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro