site stats
बाह्रखरी :: Baahrakhari
देश
धादिङमा बस दुर्घटना, आठजना घाइते
प्रतीकात्मक तस्बिर ।

मलेखुु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । बस अनियन्त्रित भई सडकछेउमा रहेको डिभाइडरमा ठोक्किएको हो ।

बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख ६६७६ नम्बरको बस गल्छी गाउँपालिका–६, सुत्केरी ढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार, दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका–३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बाणगंगा नगरपालिका–३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका–१ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका–७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका–१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका–१ का ४२ वर्षीय राजकुमार दास घाइते भएका छन् ।

बैरेनी अस्पतालमा घाइतेको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति घाइते आठैजनालाई काठमाडौंको बीएन्डबी अस्पतालमा ‘रेफर’ गरिएको छ ।

बसका चालक रुपन्देहीको सैनामैना नगरपालिका–९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्