site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले सभामा सहभागी कम, पार्टी कमजोर भएको नेताबाटै स्वीकार (भिडियो) 
जागरणसभा । फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकको विकासमा ध्यान केन्द्रित गरेको बताएका छन् । नेकपा (एमाले) लमजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यसअघिका अव्यवस्थित विषयलाई व्यवस्थित गर्दै क्रमशः मुलुकको विकास गर्नेतर्फ सरकार केन्द्रित रहेको उल्लेख गरे ।

तत्कालै विकासका काम नदेखिए पनि पुराना बिग्रिएका क्षेत्रलाई लयमा ल्याउने कार्य भएको उनले बताए । उनले अर्थतन्त्र अझै पनि संकटमा रहेको र थप बिग्रनतर्फ जाने अवस्थालाई रोकिएको जिकिर गरे ।

एमालेका उपमहासचिव समेत रहेका गुरुङले वर्तमान सरकारले गरेका सुधारका कामलाई जनतामाझ लैजानुपर्ने बताए । एमाले सरकारमा गएपछि पार्टी नेतृत्वमाथि भएका नकारात्मक टीकाटिप्पणी र घेराबन्दीविरुद्ध नेता–कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

नेतृत्व र सरकारविरुद्ध घेराबन्दी बढेपछि प्रतिवाद गर्न एमालेले स्थानीय तह उपनिर्वाचनअघि काठमाडौंमा सभा (जागरणसभा) गरेको उनले सुनाए । तर, सभामा नेता–कार्यकर्ताको न्यून उपस्थिति भएको भन्दै उनले असन्तुष्टि जनाए । त्यसमा माधव नेपालले पार्टी टुक्र्याएर गएलगत्तै गरिएको सभामा भन्दा आधा कम कार्यकर्ता सहभागी भएको उनले उल्लेख गरे ।

उनले पार्टीभित्र देखिएका गल्ती, कमजोरीलाई स्वीकार गरेर आउँदा दिनमा सुधार गर्न ध्यान केन्द्रित गरिनुपर्नेमा जोड दिए । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro