site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रबरछाप

१.
लगाऊ शक्ति मन कहिल्यै विघटन हुँदैन
छाडी जाऊ भन्ने तिम्रो इरादा सम्बोधन हुँदैन
दिन सक्छु बरु हाँसीहाँसी ज्यानको आहुति
सिउँदो सजाउने मेरो मुद्दा संशोधन हुँदैन

२.
देश जलाऊ देशले भन्दैन
मुलुक गरिब भेशले भन्दैन
आक्रोश ओकल्छ मन धेरै
खै समृद्धि ? परिवेशले भन्दैन

Argakhachi Cement Island Ad

३.
ऋण, अनुदान भएरै जीवन सञ्चालित छ
कसैको पछि लागेको छैन, निर्णय स्वचालित छ
झुक्दैन यो शिर कदापि सुन, टुटोस् सम्बन्ध बरु
अविश्वासी तिम्रो मन कसैबाट परिचालित छ

४.
पाइलैपिच्छे दलदल जिन्दगी धराप भयो
उत्तर होस् कहिले दक्षिण प्रेम रबरछाप भयो
तिम्रो घुर्की, आदेश, अवरोध अति भयो बुझ
अँगालोको आश्वासनमा जहिल्यै करकाप भयो

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्