site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पद्मश्री साहित्य पुरस्कार–२०८१ को विस्तारित सूची सार्वजनिक

काठमाडौं । पद्मश्री साहित्य पुरस्कार–२०८१ को छनोट सूची सार्वजनिक गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

०८१ मा २०३ साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएको थियो । तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ किताबको विस्तारित सूची उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सार्वजनिक विस्तारित सूचीमा ‘अर्हत’ (उपन्यास) – शैलेन्द्र अधिकारी, ‘उरमाल’ (आख्यान) – छुदेन काविमो, ‘एउटा मायी नगरमा’ (कथासंग्रह) – रमेश क्षितिज, ‘छालबाटो’ (गैरआख्यान) – रमेश भुसाल, ‘प्रणाम सगरमाथा’ (नियात्रा) – भवानी खतिवडा, ‘प्रवासीको देश हुन्न’ (आख्यान) – पंचम अधिकारी छन् ।

यस्तै, उक्त सूचीमा ‘पानीको परेड’ (कवितासंग्रह) – दिनेश अधिकारी, ‘बहुरुपी’ (कथासंग्रह) – श्रेयज सुवेदी, ‘रुदाने’ (उपन्यास) – टंक चौलागाई, ‘स्व’ (उपन्यास) – सरस्वती प्रतीक्षा, ‘साँझमा सेल्फी’ (कवितासंग्रह) – हेम प्रभास, ‘सावर्णि’ (उपन्यास) – डा. श्रीधर खनाल, ‘सिमसारा’ (आख्यान) – वसन्त बस्नेत, ‘श्री ५ को सेवामा’ (संस्मरण) – हेमन्त मिश्र र ‘हिउँको गीत (उपन्यास) – तीर्थ गुरुङ छन् ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्